खेत कहाँ छ ? कोशीमा !
तपाईको खेत कहाँ छ ? भनेर कसैले सोध्यो भने उनिहरु ' उ त्यहाँ...' भनेर औलाले देखाउँछन् । देखाएको ठाउँमा हेर्दा सोध्ने मान्छे नै छक्क पर्छ , किनकी सप्तकोशी बगीरहेको ठाउँमा उनिहरु ' हाम्रो खेत ' भन्दै औलाले देखाउँछन् । यस्तो देख्दा सोध्नेहरु हैन होला भन्छन् तर यथार्थ यहि हो ।सुनसरी जिल्लाका वराहक्षेत्र, भरौल, महेन्द्रनगर र प्रकाशपुर गाविसका हजारौंले बर्षौंदेखि यहि यथार्थ भोग्दै आएका छन् । भीमनगर स्थित कोशी ब्यारेजको पुलसँगै बनाईएका पानी खोल्ने, बन्द गर्ने ढोकाहरुका कारण पानी जमेर यी क्षेत्रबाट २०३५ सालदेखि ०४२ सालसम्म हजारौं जनता विस्थापित भएका थिए । त्यसबेला बराहक्षेत्र गाविसको करिब १३ विघा र अन्य गाविसका पनि यस्तै हजारौं विघा जग्गामा सप्तकोशी पसेर जलमग्न बनाएको थियो । पहिले राम्रो उब्जनी हुने ती हजारौं विघा अन्न भण्डारमा अहिले सप्तकोशी नदी बगिरहेको छ । पानी नबगेको जमिन पूरै गाईबस्तुको चरण बनेको छ । 'अहिले आफैलाई छक्क लाग्छ, पहिलाको त्यस्तो खेत अहिले बगर बनेको छ ।' कोशी पीडित बराहक्षेत्र-६ का प्रल्हाद भट्टराई भन्नुहुन्छ ।कोशीले खेत लगेपछि बराहक्षेत्र, महेन्द्रनगर, भरौल र प्रकाशपुरका गरी १२ सय भन्दा बढी घरपरिवारको उठिबास लागेको थियो । त्यसमध्ये २ सय जति परिवारलाई सरकारले अन्यत्र बस्ने व्यवस्था गरिदिएको थियो । भने केहीलाई मुआब्जा समेत दिएको थियो । तर धेरै पीडितहरुले भने अहिलेसम्म न मुआब्जा पाएका छन्, न त सट्टा भर्ना नै । कोशी कटान हुनुमा जनताको दोष छैन, न प्राकृतिक प्रकोप भन्ने ठाउँ छ । जनताले सप्तकोशीको छेउमा जग्गा बनाएका कारण पनि कोशी जग्गामा परेको होइन । भेलबाढीले पनि होइन । बरु सोझै सरकारको दोष छ यसमा । भारतसंगको सम्झौताका कारण कोशी ब्यारेजमा बनेको पुल नै डुबानको कारण हो । सप्तकोशीे भारतको बिहार प्रदेशमा दुःख दिने, डुबान गर्ने जस्ता कारणले भारतले यसलाई धेरै पानी बढेका बेला ब्यारेजका ढोकामार्फत पानी थुनेर नेपालतिरै फर्काउने काम गरिरहेको छ । त्यसरी पानी यतै फर्काएपछि बढेको सप्तकोशी नेपाली जनताकेा खेतमा बस्यो र जलमग्न बनाई, यहाँको सुनसमानको अन्न भण्डारलाई सुख्खा मरुभूमिमा परिणत गरिदियो ।यस्तो बहुमूल्य जग्गा बगर बन्दा त्यस क्षेत्रका बासिन्दा त विस्थापित बन्नु पर्यो नै, अझ त्यस्तो उब्जाउशील जग्गामा उत्पादन हुने हजारौं टन अन्नको भण्डार गुम्यो, फलस्वरुप त्यसक्षेत्रका बासिन्दा त्यही अन्न भण्डारलाई मरुभूमि बनाईदिने भारतसंग अन्न किनेर खान बाध्य भए । जबकी उनीहरु हाल जब्दीका बचेखुचेको जग्गामा भएको उत्पादनले पनि यो कूरा पुष्टि गर्छ ।भारतको हितका लागि त्यस क्षेत्रका जनताले आफ्नो अमूल्य सम्पत्ति गुमाउनु पर्यो, देशले नै ठूलो घाटा सहनु पर्यो र परिरहेकेा छ । तर चुनावका बेला पटक-पटक आश्वासन दिएर त्यस क्षेत्रका जनताको भोट खुस्काउने थुप्रै नेता, सांसद, मन्त्रीहरु ओहोदामा पुगेपछि यस क्षेत्रलाई चटक्क विर्सिदिने गरका छन् ।बेमानहरु पीडित जनताले क्षतिपूर्तिका लागि सरकारसंग हारगुहार गरेको कयौं पटक भयो तर सरकारले कान ठाडो लगाएन । पटक पटकको जनताको दवावपछि पञ्चायतकालमै सरकारले निरन्जन थापा र बैकुण्ठबहादुर चन्दको अध्यक्षतामा २ वटा आयोग समेत गठन गरेको थियो तर आयोगका अध्यक्षहरुले मुआब्जा दिने बहानामा जनतासंग घुस खाएर पीडितलाई झन् पीडित बनाउने काम गरे । बैकुण्ठबहादुर चन्दले त बराहक्षेत्रका थुप्रै पीडितहरुलाई 'जग्गा दिलाई दिन्छु' भनी पैसा असुलेका कारण कालोमोसो दलेर जनताले लखेटे ।यसपालि पनि सरकारले रामप्रसाद खतिवडाको अध्यक्षतामा कोशी कटान विस्थापित परिवार बसोबास समिति गठन गरी पीडितको लगत संकलनको काम थालेको छ । तर पटक पटक धोका खाईसकेका जनताले यो समितिलाई पनि पहिलेकै जस्तो हो कि ? भनेर प्रश्न उठाएका छन् । महेन्द्रनगर चक्रघटीमा रहेको समितिको कार्यालय मै गएर जनताहरुले समितिका अध्यक्ष खतिवडालाई ' के कति अधिकार लिएर आउनु भयौ ? के हाम्रो समस्या पक्का समाधान गर्ने ग्यारेण्टी गर्नु हुन्छ ? जस्ता प्रश्न गरेर र्याख्र्याख्ती पारेका थिए । जनताको प्रश्नमा खतिवडाले यसपालि विश्थापितको वास्तविक तथ्याङ्क संकलन गरी मुआब्जाको व्यवस्था गर्ने बताए । तर आफुले कति सम्म गर्न सक्ने भन्ने कागज जनताले खोजेपनि उनि चुप लागे । यो समितिलाई केहिले त चुनावको बेला भोट फकाउने मेलो समेत भन्ने गरेका छन् । वराहक्षेत्र गाविसका पुर्व उपाध्यक्ष तथा कोशी पिडित मनोज पौडेल भन्नुहुन्छ-'पहिलेका आयोगले धोका दिएकाले पनि धेरैले यसलाई विश्वास गर्न सकेका छैनन् ।' अब समितिले जनतालाई विश्वास दिलाएर वास्ताविक पिडितको तथ्याङ्क संकलन गरी उचित क्षतिपुर्ति दिनु बाहेक अर्को विकल्प छैन । अन्यथा सँधै ठगिंदै आएका जनता सरकार विरुद्ध उत्रन्छन् ।
keshavjasper thulung
Wednesday, September 17, 2008
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा म त उजाड मरुभुमिमा हर्राई सकेछु नसम्झिनु है मलाई कुनै खुशियालीमा म त दुःख र आँशुको सागरमा पो डुबि सके...
-
preys नेपाली महिलाओं को तेजी से हिमालय गणतंत्र बढ़ती घरेलू अश्लील उद्योग में काम कर रहे हैं मजबूर किया जा रहा है, एक रिपोर्ट में चेतावनी दी...
-
• महत्वपूर्ण कैबिनेट की बैठक आज काठमांडू: यह महत्वपूर्ण कैबिनेट की बैठक कल के लिए उम्मीद है और सेना का एकीकरण बाहर ले जाने के लिए विशेष समित...
-
घातक डायरिया के खिलाफ नेपाल अदालत आदेश कार्रवाई पाँच राजनीतिक दलों के सदस्यों ने सरकार की अक्षमता और पर्याप्त उपायों की कमी को दूर है और मध्...
-
Hi, I want you to take a look at : MagMyPic.com - Upload an photo to make a fake magazine
-
मिति: भाद्र १२, २०६५ स्थान: एकान्त कुना समय: कलम र कापि हातमा पर्दा ! आज मालाई के भएको छ ! कस्तो कस्तो हुदै छ कता कता यो मन बहलाई रहे झै लाग...
No comments:
Post a Comment